Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सरकारी खाता ऋणात्मक हुने क्रम दैनिक बढ्न थाल्यो

सरकारी खाता ऋणात्मक हुने क्रम दैनिक बढ्न थाल्यो

काठमाडौं, २३ असाेज। सरकारी खाता ऋणात्मक हुने क्रम दैनिक रूपमा बढेकाे छ। महालेखाको कार्यालयका अनुसार सोमबारसम्म सरकारी खाता ४३ अर्ब रुपैयाँले ऋणात्मक बनेको छ।

सरकारको कुल प्राप्ति २ खर्ब १ अर्ब रुपैयाँ छ। जसमा राजस्व १ खर्ब ८६ अर्ब रुपैयाँ उठेको छ। यो लक्ष्यको करिब १३ प्रतिशत हो। जसमध्ये कर राजस्व १ खर्ब ७१ अर्ब रुपैयाँ छ भने गैरकर राजस्व १४ अर्ब रुपैयाँ छ।

सरकारले चालु वर्ष  ४९ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्ने अनुमान गरेको छ। जसमध्ये ६ करोड रुपैयाँ पाएको छ। यो लक्ष्यको ०.१२ प्रतिशत हो। अन्य शीर्षकमा १४ अर्ब रुपैयाँ प्राप्त गरेको छ।

सरकारको कुल खर्च २ खर्ब ४३ अर्ब रुपैयाँ छ। यो लक्ष्यको १३.९ प्रतिशत हो। जसमध्ये सबैभन्दा बढी चालु शीर्षकमा १ खर्ब ८२ अर्ब रुपैयाँ छ। पुँजीगत खर्च १२ अर्ब रुपैयाँ छ। जुन लक्ष्यको ३.९९ प्रतिशत हो। वित्तीय व्यवस्थापनका लागि सरकारले ४९ अर्ब रुपैयाँ खर्च गरेको छ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x