Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि

विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले नेपालको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । जसअन्तर्गत २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको छ। २०८० भदौ मसान्तमा रु.१५९८ अर्ब ९० करोड पुगेको तथ्याङ्कले  देखाएको छ  । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु.१४०६ अर्ब ५२ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौ मसान्तमा ०.६ प्रतिशतले कमी आई रु.१९२ अर्ब ३८ करोड कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x