आवासीय नेपाली संघकाे अधिवेशन सुरू, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महताेले दिनु भएकाे मन्तव्यको सारसंक्षेप
काठमाडाैं, ३० असाेज। जबसम्म याे देशमा रहन आफ्नै देशका नागरिकहरू उठ्दैनन् अनि अरू विदेशि सहयाेगि हातहरूसम्म आउदैनन् ।हामी नेपालीहरू त्यति सक्षम हुदाँहुदैँ पनि किन गर्न सकिराखेका छैनाैँ भनेदेखि हाम्राे मनमा एउटा सङ्कल्पकाे कमि छ हामी नेपालीहरू केहि कुरामा सङ्कल्प गर्याै भनेदेखि त्याे कुरा पुरा गर्न सक्छाैँ भन्ने इतिहासमा हामीले देखाइसकेका छाैँ।
नेपाल तपाेभूमि हाे, देवभूमि हाे । नेपाल यस्ताे भूमि हाे जसमा भगवानले सबभन्दा बढि समय बनाउनमा लगाउनु भएकाे छ। हामी मानव भएर त्याे देशमा जन्मिने साैभाग्य पाएका छाैँ। आज संसारलाई हामीले देखाउनु पर्ने कस्ताे संस्कृति, कस्ताे अध्यात्मक, कस्ताे विचार हुन पर्छ भन्ने कुरा र हामी केहि कुरामा मात्र कमि भएकाेले हाम्राे त्यस्ताे उच्च विचार, संस्कृति, हाम्राे अध्यात्मक,हाम्राे विचारलाई कुनै मान्यता छैन। त्याे हाे हाम्राे आर्थिक कमजाेरी । आर्थिक कमजाेरीकाे लागि नेपालीहरू यहाँ बस्ने नेपाली मित्रहरूले यहि भावले याे गैरआवसिय अभ्यास सुरू गरेकाे छ।
तपाइहरूसंग सबै कुरा पुगेकाे छ देशमा तपाइहरूकाे धेरै आवश्यक्ता छ।देशले तपाइहरूबाट धेरै आस्था राखेकाे छ ।