Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वायुसेवा कम्पनी अत्यधिक आर्थिक मारमा

वायुसेवा कम्पनी अत्यधिक आर्थिक मारमा

काठमाडौं,३० असाेज । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले भाडादर समय सापेक्ष नभएको कारण वायुसेवा कम्पनी अत्यधिक आर्थिक मारमा परेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै आयोनले वायुसेवा कम्पनीले हवाई भाडा महँगो लिएको भन्दै आएका समाचारमा ध्यानाकर्षण भएको भन्दै व्यवसायी आर्थिक मारमा परेको बताएको हो ।

हवाई इन्धन र वायुयानमा प्रयोग हुने पार्टपुर्जाको मूल्यमा भएको वृद्धि, अस्थिर डलर विनिमय दर, अर्थ मन्त्रालयले घोषणा गरेको मूल्य अभिवृद्धि कर, यात्रु सेवा शुल्क तथा विमानस्थल सेवा शुल्कमा भएको वृद्धिले वायुसेवा कम्पनी आर्थिक मारमा परेको आयोनको भनाइ छ ।

असाेज २९ गते बसेकाे बैठकबाट वायुसेवा कम्पनीहरूले महंगाे टिकटकाे संख्या बिक्री प्रतिशत क्रमश: घटाउदै , अधिकतम कम मूल्यकाे टिकट बिक्री बढाउदै जाने साथै बाहिरबाट काठमाडाैं फर्किने आन्तरिक उडानमा हवाई भाडादर घटाउदै लैजाने र यात्रुहरूलाई सुरक्षित, भरपर्दाे,प्रभावकारी र सुलभ हवाई यातायातकाे प्रत्याभूति गराउनेतर्फ संघ र संघका सदस्य वायुसेवा कम्पनीहरू सदैव दत्तचित्त भै लाग्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x