Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

राष्ट्रिय वाणिज्य बैंकले २.५० अर्ब रुपैयाँको ऋणपत्र आइतबारदेखि निष्कासन गर्दै, ब्याजदर ७ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंकले २.५० अर्ब रुपैयाँको ऋणपत्र आइतबारदेखि निष्कासन गर्दै, ब्याजदर ७ प्रतिशत

काठमाडाैं, ५ वैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आइतबार (वैशाख ८ गते)देखि निष्कासन गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको “आरबीबी डिबेञ्चर २०८८” नामक ऋणपत्र जारी गर्दैछ, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

ऋणपत्रको कुल २५ लाख कित्ता मध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ। बाँकी ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद वैशाख ११ गतेसम्म रहेको छ, तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिने समय थपिनेछ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, र मेरो सेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *