Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काठमाडौं महानगरभित्रका तीन सडक आजदेखि ‘वान वे’

काठमाडौं महानगरभित्रका तीन सडक आजदेखि ‘वान वे’

काठमाडौं,१ कात्तिक । काठमाडौं महानगरपालिकाले आजदेखि तीनवटा सडक खण्ड वान वे बनाएको छ ।

महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गरिएकाे छ।

स्रोतको अनुसार काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइएकाे छ।

महानगरपालिकाकाले कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक वान वे बनाएको छ ।

यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि वान वे बनाइएको छ ।

अब जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x