Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

तीन महिनादेखि अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा

गोरखा, १ कात्तिक। बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए।

जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सातआठ दिनसम्म लगातार ठूला जेसिवीको सहायताले पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए । सडक अवरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्याउन समेत कठिनाइ हुँदै आएको थियो ।

लाप्राक र आसपासका बस्तीमा सडक अवरुद्ध हुँदा चाडबाडका बेलामा पनि भारी बोकेर खाद्यसामग्री लैजानुपर्ने बाध्यता रहेको थियो ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x