Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

०.४ प्रतिशतले घट्यो कुल आन्तरिक कर्जा

०.४ प्रतिशतले घट्यो कुल आन्तरिक कर्जा

काठमाडौं, २ कात्तिक । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल आन्तरिक कर्जा ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा यस्तो कर्जा ७.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १०.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.० प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा यस्तो दावी २९.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी १.७ प्रतिशतले नै बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.५ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x