Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

भारतले नेपालमा चामल निर्यात खुलायाे

भारतले नेपालमा चामल निर्यात खुलायाे

काठमाडौं,२ कात्तिक । भारतले नेपालमा चामल निर्यात खुलाएको छ । भारतको वाणिज्य विभागले बुधबार सूचना जारी गर्दै ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति दिएको हो । भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडको माध्यमबाट उक्त चामल निर्यात हुनेछ ।

पर्याप्त वर्षा नभएका कारण भारतमा धान उत्पादनमा कमी आएको भन्दै भारतले साउन ४ (जुलाई २०) देखि नेपाल लगायत अन्य देशहरुमा चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले चामल निर्यातको घोषणा गरेसँगै नेपालमा चामलको मूल्य बढ्न पुगेको थियो ।

नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग चामल निर्यातको फुकुवाका लागि अनुरोध गरेको थियो । नेपालले एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो । भारतले ९५ हजार मेट्रिक टन चामल निर्यातका लागि फुकुवा गरिदिएको हो ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x