Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप हुने

पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप हुने

कास्की, ४ कात्तिक । गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।

नेपाल मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले  पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

प्रतियोगितामा  एक सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने भिआर–४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाका अनुसार यस प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागिसमेत महत्त्वपूर्ण रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः जनही नगद रु एक लाख, रु ७५ हजार र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारणतर्फ रु दुई सय र भिआइपीतर्फ रु एक हजारदेखि रु पाँच हजारसम्मको टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय ५० सिसी र छ सय सिसी गरी दुई प्रकारका बाइकको प्रयोग हुनेछ । सो प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति कास्कीले स्वीकृति दिएको बताइन्छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x