Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

सरकारको राजस्व सङ्कलनमा झिनो सुधार

सरकारको राजस्व सङ्कलनमा झिनो सुधार

काठमाडौं, सरकारले कुल लक्षित राजस्व सङ्कलनमध्ये १७ प्रतिशत सङ्कलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार २०८० कात्तिक १४ सम्म सरकारले २५ अर्ब राजश्व सङ्कलन गरेको छ । करिब १ खर्ब ४७ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले पहिलो तीनमा कुल राजस्वको १७ दशमलव २१ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

अर्कोतर्फ सरकारले आर्थिक वर्ष ८०/८१ को पहिलो तीन महिनामा लक्ष्यको १७ प्रतिशत बजेट खर्च गरेको छ । तथ्यांकअनुसार  राजस्व संकलन बढेसँगै सरकारी खर्च पनि बढेको देखाएको छ । सरकारले आर्थिक वर्ष ८०/८१ को पहिलो तीन महिनामा बजेट  लक्ष्यको १७.४९  प्रतिशत खर्च गरेको छ ।

योसँगै आय–व्यय अनुपात ०.९९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

गत वर्षको सोही अवधिमा सरकारले कुल अनुमानित लक्ष्यको १६ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको थियो भने अनुमानित लक्ष्यको १६ दशमलव ८६ प्रतिशत खर्च गरेको थियो ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *