Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लेक लागेर प्रहरी जवानको मृत्यु

लेक लागेर प्रहरी जवानको मृत्यु

गण्डकी, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आएका अन्नपूर्ण आधार शिविरमा सुरक्षा गार्डका रूपमा खटिएका एक प्रहरी जवानको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगाना रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ढुंगानालाई आज बिहान उद्धारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । उनलाई पोखराको अस्पतालमा भर्ना गर्दा बिहान ९ः४० बजे मृत घोषणा गरिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

हेलिकप्टरबाट आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्किँदा श्वासप्रश्वासमा समस्या भएको गुनासो भएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित प्रहरी चौकीमा कार्यरत थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव आफ्नो नेपाल भ्रमणका क्रममा मङ्गलबार बिहान आधार शिविर पुगेका हुन् । उनको सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x