Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

नबिल बैंकको नाफा घट्यो

नबिल बैंकको नाफा घट्यो

काठमाडौं, १७ कात्तिक । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नबिल बैंकको नाफा ६.५० प्रतिशतले घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा १० करोड २२ लाख रुपैयाँले कमी आएको हो ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत वर्षको सोही अवधिमा एक अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले तीन महिनाको अवधिमा चार अर्ब १७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले खुद ब्याज आम्दानी बापत तीन अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले सञ्चालन नाफामार्फत दुई अर्ब १२ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्ष सञ्चालन मुनाफामार्फत दुई अर्ब २३ करोड चार लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै बैंकको खराब कर्जा भने पहिलो त्रैमासमा बढेर ३.६९ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो कर्जा २.३३ प्रतिशत थियो ।

बैंकले पुस मसान्तसम्म तीन खर्ब ५३ अर्ब ५६ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने चार खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ कर्जा संकलन गरेको छ ।

बैंकको गत वर्षको तुलनामा ब्याजको स्प्रेड रेट भने घटेको छ । गत वर्षको असोज मसान्तसम्म स्प्रेड रेट ४.०३ प्रतिशत थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो स्प्रेड रेट ३.९९ प्रतिशतमा झरेको छ ।

बैंकको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ कायम छ । बैंकको जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ कायम छ । गत वर्षको असोज मसान्तसम्म जगेडामा २७ अर्ब सात करोड सात लाख रुपैयाँ थियो ।

अर्थको अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *