भारतबाट २५ हजार मेट्रिक टन चिनी जिटुजी सम्झौतामार्फत ल्याइने तयारी
काठमाडौं, १७ कात्तिक । नेपालले भारतबाट २५ हजार मेट्रिक टन चिनी सरकार–सरकार (जीटुजी) सम्झौता मार्फत ल्याउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार यो चिनी तिहार अगाडि नै ल्याउले गरी प्रक्रिया अगाडि बढेको हो ।
साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यपार कम्पनीबाट यो चिनी ल्याइने बताइएको छ । साल्ट टेड्रिङले चिनी आयातको प्रक्रिया आजबाट नै थालेको छ ।
त्यस्तै उद्योगीबाट तीन हजार मेट्रिक टन चिनी विभागको सहकार्यमा बजारमा आएको पोखरेलले बताएका छन् । उद्योगीबाट आएको तीन हाजर र भारतबाट जिटुजीमार्फत आएको चिनीले कालोबजारी घट्नुका साथै महँगी र कृतिम अभाव हट्ने पनि विभागको अपेक्षा छ ।