Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

दिउँसो २ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

दिउँसो २ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, २१ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सिंहदरबारमा बैठक बाेलाएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सरकारले सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x