Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता

काठमाडौं,२४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना भाेलिदेखि लागू हुनेछ ।

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजारसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x