युनिलिभर नेपालकाे ३०औँ वार्षिक साधारण सभा मंसिर २६ गते
 
			काठमाडाैं,५ मंसिर । युनिलिभर नेपाल लिमिटेडकाे ३०औँ वार्षिक साधारण सभा यहि मंसिर २६ गते हुने भएकाे छ । साधारणसभा दरबार मार्ग स्थित हाेटल याक एण्ड यतीमा दिउँसाे ४:३० बजे हुन लागेकाे हाे ।
सभाले आर्थिक वर्ष २०७९/८०(२०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तसम्म ) काे नाफा नाेक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितकाे २०८० आषाढ मसान्तसम्मकाे सञ्चालक समिति र लेखा परिक्षककाे प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।
श्रावण १,२०८० देखि शुरू हुने आगामी वर्षकाे लागि लेखापरिक्षककाे नियुक्ति गरी निजकाे पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिकाे सिफारिस अनुसार लाभांश स्विकृत गर्नेछ ।
युनिलिभर नेपाल लिमिटेडकाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियाेजनाहरूमा आर्थिक याेगदानकाे लागि प्रस्ताव पारित गर्नेछ ।
सुभाष बज्राचार्यलाइ ३०औँ वार्षिक साधारण सभाकाे समापनबाट अधिकतम ४ वर्षकाे लागि कम्पनिकाे स्वतन्त्र सञ्चालककाे रूपमा पुन: नियुक्त समेत गर्नेछ । कम्पनीकाे प्रबन्धपत्रका व्यवस्थाहरूमा उपयुक्त र आवश्यक ठानेका संशाेधनका प्रस्तावहरू पारित पनि गर्नेछ ।




 
                         
                        