कुमारी बैंकको ‘गज्जबको बचत खाता’मा उच्च ब्याजदरसहित स्वास्थ्य बीमा

काठमाडाैं,६ मंसिर । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ ।
न्युन्तम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै रु २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले रु २०,०००।– सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् ।
यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।
दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएका छन् ।
कुमारी बैंकले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्ध गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।
न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराएको “गज्जबको बचत खाता” नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।