सुनकाे मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुदैँछ काराेबार ?

काठमाडाैं, ६ मंसिर। मंगलबार ५०० रुपैयाँले बढेको सुनको मूल्य आजपनि प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १६ हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे छ । अघिल्लाे दिन मंगलबार छापावाल सुन प्रतिताेला रू एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यभने स्थिर रहेकाे छ । अघिल्लाे दिन प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि १४ सय ५५ रुपैयाँ नै निर्धारण गरिएकाे छ ।