यी ६ देशका नागरिकलाई चीन भ्रमण गर्न भिसा नचाहिने

काठमाडाैं,१० मंसिर । चीनले विश्वका ६ देशका नागरिकलाई बिना भिसा यात्रा गर्न अनुमति दिएकाे छ ।
चीनकाे विदेश मन्त्रालयले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकहरूलाई भिसाबिना नै आफ्नाे मुलुक प्रवेशकाे अनुमति दिने जनाएकाे हाे ।
यी ६ देशका नागरीकले डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म १५ दिन सम्मका लागि भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्ने छन् ।
यसले चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने मन्त्रालयका प्रवक्ता माओ निङले बताए ।