ग्लोबल आईएमई बैंककाे ३५१ औं शाखा बैतडीकाे पाटनमा
काठमाडाैं,११ मंसिर । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीकाे पाटन नगरपालिका-६ मा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले बैतडीको पाटन नगरपालिका-६ स्थित पाटन बजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको ३५१ औं शाखा हो ।
१० मंसिरमा एक समारोहका बीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले नयाँ शाखाको उद्घाटन गरेका हुन् । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।
देशका ७७ जिल्लामै बैंकका शाखा छन् ।