Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनसेलकाे शेयर खरिद–बिक्री प्रकरण: छानबिनका लागि ५ सदस्यीय उच्चस्तरीय समिति गठन

एनसेलकाे शेयर खरिद–बिक्री प्रकरण:  छानबिनका लागि ५ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं, २१ मंसिर। एनसेलकाे शेयर खरिद–बिक्री प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको छ । सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हाे।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।

एन्सेलको शेयर खरिदबिक्रीका सन्दर्भमा उठेका प्रश्नकाे अध्ययन गरी प्रतिवेदन पेश गर्न समितिलाई ३० दिनको समय दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x