Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शिवम सिमेन्टले प्रिमियममा प्राथमिक शेयर निष्कासन गर्ने

शिवम सिमेन्टले प्रिमियममा प्राथमिक शेयर निष्कासन गर्ने

काठमाडौं, ८ असार । शिवम सिमेन्टले प्राथमिक शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ५२ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्कासनको बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले निष्कासन गर्ने लागेको ५२ लाख ८० हजार कित्ता प्राथमिक शेयर मध्ये १० प्रतिशत सर्वसाधारण लगानीकर्ता र २ प्रतिशत स्थानियहरुको लागि छुट्टाएको छ । सर्वसाधारण लगानीकर्ताहरुले ४४ लाख कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन् भने स्थानियहरुले ८ लाख ८० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त प्राथमिक शेयर प्रिमियममा बिक्री गर्ने भएको छ । स्थानियहरुको लागि कम्पनीले प्रति कित्ता अंकित मुल्यमा दुई सय रुपैयाँ प्रिमियम जोडेर तिन सय रुपैयाँमा बिक्री गर्ने जनाएको छ । यस्तै सर्वसाधारण लगानीकर्ताहरुको लागि प्रति कित्ता अंकित मुल्यमा तिन सय रुपैयाँ प्रिमियम थपेर चार सय रुपैयाँमा बिक्री गर्ने बताएको छ ।

शिवम सिमेन्टले हाल दैनिक १८ लाख किलो क्लिङ्कर र ३० लाख कित्ता सिमेन्ट उत्पादन गर्दै आएकोछ । कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । कम्पनीको उक्त प्राथमिक शेयरलाई ईक्रा नेपालले ग्रेड ३ मापन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x