Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

मौद्रिक नीतिमा सल्लाह लिन बाह्य विज्ञ सम्मिलित सल्लाहकार समिति गठन गरिने

मौद्रिक नीतिमा सल्लाह लिन बाह्य विज्ञ सम्मिलित सल्लाहकार समिति गठन गरिने

काठमाडाैं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले आगामी माैद्रक नीतिकाे कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञ सम्मिलित सल्लाहकार समिति गठन निर्णय गरेकाे छ।

पहिलाे त्रमासिक समिक्षाका सम्बन्धमा गरिएकाे पत्रकार सम्मेलनमा बैंकका गभर्नर महाप्रसाद अधिकारीले समितिद्वारा पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा बनाइएको मौद्रिक नीतिले आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

विज्ञ बाेलाउने विषयमा आन्तरिक रूपमा छलफल भइरहेकाे र केहि समयभित्र ठाेस निर्णयमा पुग्ने गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीति बनाउन ऐनमै छुट्टै समितिको व्यवस्था गरिनु पर्ने माग उठिरहेका बेला राष्ट्र बैंकले त्यसअघि नै सुरुवाती पहल गरेको हो।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *