दाेहाेराे अंकले घट्याे शेयर बजार,४ अर्ब ८४ करोडकाे काराेबार
काठमाडाैं, २५ मंसिर । साताको दाेस्राे कारोबार दिन साेमबार शेयर बजार १५.४० अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.७८ प्रतिशतले घटेर १९४८.५७ अंकमा समेटिएको छ ।
यस दिन ३०३ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १५७ कम्पनीको शेयरमूल्य घटेको छ, ८१ वटाको बढेको छ भने बाँकी ३ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।
साेमबार १ कराेड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँकाे कारोबार भएको छ ।