Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

तीनवटा दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र खारेज

तीनवटा दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं, २८ मंसिर। नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा सेवा प्रदायकहरूले अनुमतिपत्र खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इ–मेल) सहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनीको इजाजत खारेज गरिएको हो ।

तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेका युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि. र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र खारेज भएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम दर्ता खारेज गरिएको प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x