Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

मर्जर/एफपीओको कर सम्बन्धी मुद्धाको अन्तिम सुनुवाई आज

मर्जर/एफपीओको कर सम्बन्धी मुद्धाको अन्तिम सुनुवाई आज

काठमाडौं, २८ मंसिर । मर्जर तथा एक्विजिशन र एफपीओको रकममा कर असुल्ने सरकारको निर्णय विरुद्ध बैंकहरुले दायर गरेको मुद्धाको अन्तिम सुनुवाई आज हुँदै छ । बुधबार हेर्दाहेर्दैमा रहेको यो मुद्दा आजलाई सरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ला, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुनु पर्ने भए पनि बुधबार मुद्दा हेर्दा हेर्दैमा परेको थियो ।

मंसिर मशान्तभित्र मुद्दा किनारा नलागे बैंक तथा बिमा कम्पनीहरुले एफपीओ तथा मर्जर र एक्विजिशनको बार्गेन पर्चेज गेनमा लाग्ने कर तिर्नुपर्ने हुन्छ । सरकारले बजेटमार्फत मंसिर मशान्तसम्ममा कर तिरेको खण्डमा जरिवाना छुट गर्ने घोषणा गरेको थियो ।

मंसिर २० गते फैसला हुने भनिए पनि उक्त दिन पनि मुद्दा हेर्दाहेर्दैमा परेको थियो । उक्त मुद्दासम्बन्धि भएको बहसबाट २० गते फैसला हुने मिति तय भएको थियो ।

विभिन्न वाणिज्य बैंक र दुई बीमा कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद सचिवालयलाई विपक्ष बनाएर दायर गरेको मुद्दामा अन्तिम सुनुवाइको मिति तय भएको थियो ।

यसअघि गत असोज १७ गते सर्वोच्च अदालतले एफपीओ तथा मर्जर र एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर लगाउनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको थियो भने २२ कात्तिकमा उक्त मुद्दामा अदालतले सरकारका नामका कारण देखाउन आदेश जारी गरेको थियो ।

नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंक लिमिटेड दरबारमार्ग काठमाडौं सहित १६ वाणिज्य बैंकले सरकारले भूतप्रभावी कानुन बनाइ कर लगाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x