एफपिओ र मर्जरसम्बन्धी करकाे मुद्दा खारेज, बैंकहरूले मंसिरभित्रै कर तिर्नु पर्ने
काठमाडाैं, २९ मंसिर । बैंकहरूले एफपिओ र मर्जर तथा एक्विजिसन प्रक्रियामा भएकाे ‘बार्गेन पर्चेज गेन’ मा लगाएकाे कर यहि मैसिर भित्रै तिर्नु पर्ने भएकाे छ ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत ल्याएकाे फर्दर पब्लिक अफरिङ (एफपिओ) र मर्जर तथा एक्विजिसन प्रक्रियामा भएकाे ‘बार्गेन पर्चेज गेन’ मा लगाएकाे कर सम्बन्धी व्यवस्था विरूद्धकाे रिट सर्वाेच्च अदालतले खारेज गरेसँगै बैंकहरूले मंसिरभित्रै कर तिर्नु पर्ने भएकाे हाे ।
मंसिर भित्र कर नतिर बैंकहरूले जरिवाना र ब्याज समेत तिर्नुपर्ने छ ।
बिहिबार सर्वाेच्च अदालतका प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, न्यायाधीश आनन्दमाेहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलाल माथेमा र कुमार रेग्मीकाे सम्बैधानीक इजलासले बिहिबारबाट उक्त रिट खारेज गरीदिएकाे हाे ।