परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनिन् सेवा लम्साल
काठमाडाैं, २९ मंसिर । सहसचिव सेवा लम्साल परराष्ट्र सचिवमा नियुक्त भएकी छिन् । सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हाे ।
बिहीबारको मन्त्रिपरिषद बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो । योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् ।