कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्बन्धी सम्झौता

काठमाडाैं, ६ पुस । कुमारी बैंक लिमिटेडले आइटी क्षेत्रका लागि “केबिएल स्मार्ट बिजनेश लाेन फर आइटी कम्पनीज” अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेकाे छ ।
यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आइटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको “केबिएल स्मार्ट बिजनेश लाेन फर आइटी कम्पनीज” को पोर्टफोलियो सुरक्षण गर्नेछ । यो सम्झौताबाट इटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।
कुमारी बैंक लिमिटेडले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
कुमारी बैंक लिमिटेडले Nepal Association for Software and IT Services (NAS-IT) सँग साझेदारीमा काम गर्दै आएको छ जस अन्तर्गत बैंकले NAS-IT सदस्य कम्पनीहरूलाई भौतिक धितो रहित ऋण उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले प्राविधिक विशेषज्ञता मार्फत क्ष्त् कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवद्र्धन गर्दै आएको ग्क्ब्क्ष्म् त्चबमभ बलम ऋयmउभतष्तष्खभलभकक सँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०९ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ्ग प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।