Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१.९३ अंकले घट्याे नेप्से परिसूचक, ४ अर्ब २९ कराेडमा खुम्चियाे काराेबार रकम

१.९३ अंकले घट्याे नेप्से परिसूचक, ४ अर्ब २९ कराेडमा खुम्चियाे काराेबार रकम

काठमाडाैं, १२ पुस । साताकाे काराेबारकाे अन्तिम दिन बिहिबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से घटेकाे छ । आज नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० अंकमा झरेकाे छ ।

आज १ कराेड १६ लाख ५८ हजार कत्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ कराेड ९३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । बजारमा काराेबार भएका १३५ समुहका उपसूचकहरू घटेका छन् भने १०३ समुहका उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै कमाउनेमा उत्पादन तथा प्रशाेधन समुह र हाेटल तथा टुरिजम समुहका उपसूचकहरू रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा ट्रेडिङ समुहका उपसूचक रहेका छन् ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x