एन आई सी एशिया लघुवित्तका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम र निःशुल्क स्वास्थ शिविर

काठमाडाैं, ४ जेष्ठ । एन आई सी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुर–पश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमन अधिकृतहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।
सोहि दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौँको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सक सहित ९ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरियो ।
ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको हो । यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छं । साथै आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य शिविरहरु सञ्चालन गरी ग्रामीण भेगका जनतालाई सहयोग पुर्याउने प्रतिबद्धता संस्थाले गरेको छ ।