Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ५० करोड नाघ्यो

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ५० करोड नाघ्यो

काठमाडौं, ४ जेष्ठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सामान्य गिरावट आएको छ। बजार सूचकांक ३.७७ अङ्कले घटेर २,६०८.०७ विन्दुमा पुगेको छ। यस दिन बजार ०.१४ प्रतिशतले घटेको हो। कारोबार रकम भने अपेक्षाकृत उच्च देखिएको छ। कुल ८ अर्ब ५० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर खरिदबिक्री भएको हो।

बिहीबारको कारोबारमा सबैभन्दा धेरै मूल्यवृद्धि भएका कम्पनीहरुमा ओम मेगाश्री फार्मास्यूटिकल्स (OMPL) र छ्याङ्दी जलविद्युत् (CHL) रहेका छन्। ओम मेगाश्री फार्मास्यूटिकल्सको सेयर मूल्य ६३.६० अङ्कले वृद्धि भई १० प्रतिशतले उकालो लाग्दै ६९९.८० रुपैयाँमा पुग्यो। यसैगरी,छ्याङ्दी जलविद्युत्को सेयर मूल्य २८.८९ अङ्कले बढेर ३१८ रुपैयाँमा बन्द भयो। यी दुवै कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको वृद्धि भएको हो।

कारोबार रकमका आधारमा बिहीबारको बजारमा नेपाल रिइन्स्योरेन्स (NRIC) अगाडि रहेको छ। यस कम्पनीको कुल कारोबार रकम ७० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ। कम्पनीको अन्तिम मूल्य १,२९७ रुपैयाँ कायम भएको छ। एनआरएन लघुवित्त (NRN) दोस्रो स्थानमा रह्यो। यसको कारोबार रकम ५१ करोड ३६ लाख ६१ हजार रुपैयाँ रह्यो भने अन्तिम मूल्य १,९७३ रुपैयाँमा बन्द भयो।

त्यस्तै, राधी हाइड्रोपावर (RADHI) को कारोबार ४८ करोड ४२ लाख ७९ हजार रुपैयाँ रह्यो। कम्पनीको अन्तिम मूल्य ६९० रुपैयाँमा कायम भयो। युनिभर्सल पावर कम्पनी (UPCL) को कारोबार ४३ करोड ८१ लाख ५५ हजार रुपैयाँ रह्यो भने अन्तिम मूल्य ३८७.७० रुपैयाँमा बन्द भयो। हिमाल रेन्स्योरेन्स (HRL) को कारोबार ४२ करोड २७ लाख १० हजार रुपैयाँ रह्यो। यस कम्पनीको अन्तिम मूल्य ९९० रुपैयाँमा बन्द भएको छ।

बिहीबारको बजारमा १०० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य भने स्थिर रह्यो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *