Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बालकुमारी झडपमा भएकाे दुई युवकको निधनप्रति गैरआवासीय नेपाली संघद्वारा दुःख व्यक्त

बालकुमारी झडपमा भएकाे दुई युवकको निधनप्रति गैरआवासीय नेपाली संघद्वारा दुःख व्यक्त

काठमाडाैं, १५ पुस । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ‘ईपीएस’ अन्तर्गतका भाषा परीक्षार्थी र प्रहरीबीच ललितपुरको बालकुमारीमा शुक्रबार ९२९ डिसेम्बर २०२३० भएको झडपमा दुई युवकको निधन भएको प्रति गैरआवासीय नेपाली संघ गहिरो दुःख व्यक्त गरेकाे छ ।

वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको जनाएकाे छ ।

‘नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौंको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएका हुन् । यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार वास्तवमै संवेदनशील हुन जरुरी छ भन्ने कुरा ग्रहण गर्न संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ’, जारी विज्ञप्तिमा भनिएकाे छ ।

नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको एनआरएनले जनाएकाे छ ।

साथै यस्ता अप्रिय घटना फेरि दोहोरिन नदिन र युवाको भावना तथा अपेक्षाप्रति संवेदनशील बन्न पनि आग्रह गरेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x