डेडिकेटेड र ट्रंक लाइन विवाद : कुन-कुन उद्योगको काटियाे लाइन, कति छ तिर्न (विवरण सहित)

काठमाडौं, १५ पौष । डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद पेचिलो बन्दै गएको छ। लोडसेडिङका बेला सुविधामा विद्युत् प्रयोग गरेका उद्योगले थप महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले गत सातादेखि विद्युत् लाइन काट्न थालेको थियो।
प्राधिकरणले हालसम्म महसुल नतिर्ने करिब २ दर्जन उद्योगको विद्युत् लाइन काटिसकेको छ। प्राधिकरणले लाइन काट्न नछोड्ने, उद्योगी व्यवसायीले महसुल नतिरी प्राधिकरणलाई बाह्य दबाब दिन थालेपछि डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद थप पेचिलो बन्दै गएको हो।
प्राधिकरणले लाइन काटेका उद्योग र महसुल बक्यौता
– जगदम्बा स्टिल ४ अर्ब १४ करोड
– रिलायन्स स्पिनिङ १ अर्ब ९४ करोड
– घोराही सिमेन्ट १ अर्ब ३६ करोड
– अर्घाखाँची सिमेन्ट १ अर्ब ३० करोड
– सर्वोत्तम सिमेन्ट ८३ करोड ३८ लाख
– लक्ष्मी स्टिल ९१ करोड ४ लाख २८ हजार
– अशोक स्टिल ७४ करोड ५० लाख
– सोनापुर मिनरल्स ६१ करोड २० लाख
– त्रिवेणी स्पिनिङ मिल्स ८६ करोड ९० लाख
– शुभश्री अग्नि सिमेन्ट ४७ करोड
– बाबा जुट मिल्स ५ करोड ६१ लाख ४९ हजार
– निगाले सिमेन्ट १४ करोड २० लाख ८४ हजार
– त्रिवेणी सिन्थेटिक १५ करोड ६५ लाख ५७ हजार
– हिमाल आइरन एन्ड स्टिल ८ करोड १२ लाख ७३ हजार
– जगदम्बा इन्टरप्राइजेज ४७ करोड ९८ लाख २८ हजार
– हामा आइरन ११ करोड ५५ लाख ४६ हजार
– एभरेस्ट पेपर मिल्स २१ करोड ३५ लाख ७७ हजार
– कसमस सिमेन्ट ३५ करोड ८१ लाख ९४ हजार
– जगदम्बा सिन्थेटिक ४७ करोड ५३ लाख ४१ हजार
– घराना फुड्सको ५ करोड ९२ लाख ९ हजार
– सिद्धार्थ पेट प्लास्ट ५ करोड २३ लाख ८२ हजार
– बुटवल सिमेन्ट ३२ करोड ९७ लाख ८३ हजार