Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

ब्यापार असन्तुलन : के-केमा बन्न सक्छ नेपाल आत्मनिर्भर ?

ब्यापार असन्तुलन : के-केमा बन्न सक्छ नेपाल आत्मनिर्भर ?

काठमाडौं, १५ पौष । २०७७ चैत १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक माछा, दुध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर घोषणा गर्नुभयो । अन्डा र कुखुराको मासुमा मुलुक २० वर्षयता पूर्ण रुपले आत्मनिर्भर छ । तर कुखुराको मासुमा आत्मनिर्भर भए पनि अवैध आयात भने रोकिएको छैन् ।


दुधमा आत्मनिर्भर घोषणा गरिएको छ । तर सबै सिजनमा दूधको माग स्वदेशी उत्पादनले नधान्ने भएकाले खासगरि सुख्खायाममा भारतबाट आयात गर्ने व्यवस्था गर्नुपर्ने सुझाव छ । अहिले नेपाली बजारमा दैनिक ३५ लाख लिटर दूधको माग छ । त्यसमध्ये ३१ लाख लिटर दूध बजारमा आउँछ । यो माग पूरा गर्न डेरी उद्योगीहरुले भारतबाट धुलो दूध र कच्चा दूध आयात गर्न माग गरेका छन् ।


अन्डाको पनि अबैध आयात भइरहेको दाबी व्यापारीहरुको छ । स्वदेशमै उत्पादन गरि आत्मनिर्भर हुन सक्ने खाद्यान्न र तरकारीको पनि आयात उच्च छ । तरकारी, धान, चामल, भटमासको तेल लगायतका सामग्रीमा छिटै आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको पुर्वकृषिसचिव योगेश कार्की बताउँछन ।

सरकारले आत्मनिर्भर घोषणा गरेका बस्तुलाई पनि कडाइका साथ लागू गर्नुपर्ने उनको सुझाव छ ।

नेपालको वैदेशिक व्यापार घाटाको अवस्था निकै डरलाग्दो छ । बार्षिक १५ खर्बभन्दा बढीको व्यापारघाटा मुलुकले ब्यहोर्दै आएको छ ।


उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार यी चार बाहेक चिया, पेन्ट्स, केबल तार, जुत्ता चप्पल, जस्तापाता, गार्मेन्ट र टेक्सटायल, औषधि, प्लाष्टिक उत्पादनमा नेपाल आत्मनिर्भरसँगै उच्च निर्यात गर्ने मुलुक हुने सम्भावना छ ।


यस्तै कृषि उत्पादनका लागि आवश्यक मालखाद, सिंचाइ र प्रविधिको उचित व्यवस्थापन गर्ने हो भने कृषि उत्पादन मकै, धान चामलसहित हरियो तरकारीमा पनि छिट्टै आत्मनिर्भर बन्न सकिन्छ । तर सरकारले यसमा कुनै ध्यान दिएको छैन । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले यी बस्तुको उत्पादन र निर्यातमा जोडदिनुपर्ने उहाँको सुझाव छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x