Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सिमेन्ट र डण्डीको मुल्य ह्वात्तै बढ्यो,व्यवसायीले कार्टेलिङ गरेको आरोप

सिमेन्ट र डण्डीको मुल्य ह्वात्तै बढ्यो,व्यवसायीले कार्टेलिङ गरेको आरोप

काठमाडौं, १८ पौष । पछिल्लो समय सिमेन्ट र डण्डीको मुल्यवृद्धि भएको छ । सिमेन्ट प्रतिबोरा १ सय रुपैयाँ  र डण्डी प्रतिकिलो ६ रुपैयाँसम्म मूल्यवृद्धि भएको हो।

नेपाल निर्माण सामग्री व्यापार संघका अनुसार बजार प्रतिकिलो ९२ रुपैयाँमा रहेको डण्डीको भाउ अहिले ९८ रुपैयाँसम्म पुगेको छ। नेपाल निर्माण व्यवसायी महासंघले अव्यावहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रतिबोरा सय रुपैयाँ  मूल्यवृद्धि गरेको महासंघका अध्यक्ष रवि सिंहले  आपत्ति जनाएका छन् ।

एक्कासि निर्माण सामग्रीमा मूल्यवृद्धि गर्नुका पछाडि नेपाल विद्युत् प्राकिरणसँग डेडिकेटर फिडर र ट्रंकलाइन विवाद रहेको बुझिएको छ।प्राधिकरणले विद्युत् काटेका उद्योगमध्ये सिमेन्ट र डण्डी उद्योग छन् । कानुनीरूपमा आफूहरू पछाडि परेपछि सरकारलाई दबाब दिन बिनाकारण उच्च दरमा भाउ बढाइएको स्रोतको भनाइ छ।

थोरै थोरै घटेर चार पाँच वर्ष अगाडिको अवस्थामा सिमेन्ट र छड पुगेको थियो। अहिले एक्कासि भाउ बढाउँदा व्यापार गर्न गाह्रो भएको हार्डवेयर व्यवसायीको गुनासो छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x