Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

तीन निर्जीवन बीमा कम्पनीलाई २ लाख जरिवाना

तीन निर्जीवन बीमा कम्पनीलाई २ लाख जरिवाना

काठमाडाैं, १८ पुस । नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ। उधारोमा बीमा तथा बीमितको आम्दानी स्पष्ट नखुलाई बीमा गराएको भन्दै प्राधिकरणले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्सलाई कारबाही गरेको हो ।

दुई पटकसम्म सचेत गराउँदा पनि उधारो बीमा तथा आम्दानी स्पष्ट नखुलाई बीमा गर्न नछाडेकोले कारबाही गरिएको  प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए ।

मंगलबारको सञ्चालक समितिको बैठकले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्सलाई २ लाख रुपैयाँका दरले जरिवाना गराउने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x