Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

लाइन काटिएका उद्योगका ८५ हजार कामदार बेरोजगार, उद्योगलाई दैनिक करोडौं क्षती

लाइन काटिएका उद्योगका ८५ हजार कामदार बेरोजगार, उद्योगलाई दैनिक करोडौं क्षती
काठमाडौं, २२ पौष । नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका २३ वटा उद्योगहरुको विद्युत आपूर्ति बिच्छेद गरेको छ। १७ दिनदेखि ति उद्योग बन्द हुँदा हजारौं कर्मचारी कामबिहीन बनेका छन् ।

अहिले बन्द गरिएका सिमेन्ट, डज्डी र धागो जस्ता ठूला र निर्यातजन्य उद्योगहरु छन् । ति एउटा उद्योगमा २ हजारदेखि ५५ सयसम्म कामदार छन् । ति उद्योग बन्द हुँदा एउटा उद्योगले दैनिक न्यूनतम पनि २ करोड रुपैयाँभन्दा बढी क्षती व्यहोरिरहेको उद्योगी पवन गोल्यानले जानकारी दिए । उद्योगमा कार्यरत करिब ८५ हजार कामदार अहिले कामबिहीन भएका छन् ।  आश्रित परिवार समेत गर्दा समग्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरि २ लाखको भविष्य जोखिममा परेको उनले बताए ।

तत्काल बक्यौता तिर्न नआए ६१ वटै उद्योगको लाइन काट्ने चेतावनी प्राधिकरणले दिएको छ । तर सरकार यो समस्या समाधानमा मौन छ । लाइन काटिएको दुईसाता बितिसक्दा पनि प्राधिकरण जसरी पनि पैसा तिर्नुपर्ने अडानमा छ भने उद्योगीहरु टिओडी मिटरको तथ्यांक नदिएसम्म पैसा नतिर्ने अडानमा छन् । सरकारले तत्काल उच्चस्तरीय समिति गठन गरि बिवाद हल गर्नुपर्ने उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको सुझाव छ ।

यसअघि भदौंमा यो बिवाद छलफलबाट समाधान गर्नुपर्ने बताउने स्वयंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्राधिकरणले लाइन काटेर उद्योग बन्द गराउँदा पनि मौन हुनुहुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x