Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

दुई अर्ब ४४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

दुई अर्ब ४४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

कठमाडाैं, २१ पुस । नेपाल राष्ट्र बैंकले विभिन्न काेषमा रहेकाे दुई अर्ब ४४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब ९५ करोड २० लाख, विकास बैंकमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपियाँ गरी कुल दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्न लागेको छ । बैंकले २०८० माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीमा उक्त रकम राख्न लागेको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *