लाइन काटिएका उद्योगका ८५ हजार कामदार बेरोजगार, उद्योगलाई दैनिक करोडौं क्षती

अहिले बन्द गरिएका सिमेन्ट, डज्डी र धागो जस्ता ठूला र निर्यातजन्य उद्योगहरु छन् । ति एउटा उद्योगमा २ हजारदेखि ५५ सयसम्म कामदार छन् । ति उद्योग बन्द हुँदा एउटा उद्योगले दैनिक न्यूनतम पनि २ करोड रुपैयाँभन्दा बढी क्षती व्यहोरिरहेको उद्योगी पवन गोल्यानले जानकारी दिए । उद्योगमा कार्यरत करिब ८५ हजार कामदार अहिले कामबिहीन भएका छन् । आश्रित परिवार समेत गर्दा समग्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरि २ लाखको भविष्य जोखिममा परेको उनले बताए ।
तत्काल बक्यौता तिर्न नआए ६१ वटै उद्योगको लाइन काट्ने चेतावनी प्राधिकरणले दिएको छ । तर सरकार यो समस्या समाधानमा मौन छ । लाइन काटिएको दुईसाता बितिसक्दा पनि प्राधिकरण जसरी पनि पैसा तिर्नुपर्ने अडानमा छ भने उद्योगीहरु टिओडी मिटरको तथ्यांक नदिएसम्म पैसा नतिर्ने अडानमा छन् । सरकारले तत्काल उच्चस्तरीय समिति गठन गरि बिवाद हल गर्नुपर्ने उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको सुझाव छ ।
यसअघि भदौंमा यो बिवाद छलफलबाट समाधान गर्नुपर्ने बताउने स्वयंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्राधिकरणले लाइन काटेर उद्योग बन्द गराउँदा पनि मौन हुनुहुन्छ ।
अर्थकोअर्थ
Related Posts
-
अमेरिका र चीनबीच व्यापार युद्ध चर्कियो, अमेरिकी प्रतिबन्ध अन्तर्गत चिनियाँ सामानमा २४५ प्रतिशत सम्मको कर
-
जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको लागि १३७ मिलियन अमेरिकी डलर ऋण लिने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का अरु २० वटा निर्णयहरु
-
विभाजित भए अटोमोबाइल व्यावसायी, जन्मियो नाडा जस्तै अर्को संस्था ‘नाइमा’