आगामी वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण
काठमाडौं, २५ पुस । आगामी आर्थीक वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने प्रक्षेपण गरिएकाे छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो ।
चालु आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो ।
सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो ।