Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, २८ पुस । नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकला ग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल तत्काल अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति आउनुपर्ने बताए ।

हस्तकला महासंघले सांगठनिक संरचनालाई अझ फराकिलो पार्दै क्रमिक रुपमा देशका ७ वटै प्रदेशमा यसको पहुँच बढाउदै लैजाने लक्ष्य राखेको छ । हस्तकला क्षेत्रको दीर्घकालिन र दिगो विकासको लक्ष्य लिई हस्तकला ग्राम स्थापनाका लागि महासंघले डेढ दशकदेखि सरकार समक्ष पहल गर्दै आइरहेको छ । यस क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

साधारणसभाका अवसरमा महासंघले २५ वर्षभन्दा लामो समयदेखि हस्तकता क्षेत्रमा योगदान गर्नुभएका सदश्यहरुलाई सम्मान गरेको छ । नेपाली हस्तकलाको पूवद्र्धन, संरक्षण तथा बजारीकरणका लागि महासंघले हरेक वर्ष तालिम सेमिनार गोष्ठी, मेला तथा प्रदर्शनिहरु गर्दै आइरहेको छ । नेपालबाट वर्षेनी ६० भन्दा बढी देशमा १२ अर्ब मूल्य बराबरको हस्तकलाका सामाग्री विदेश निर्यात हुने गरेको छ भने यस क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x