Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

माघे संक्रान्तिमा चाकुको खपत: टोखामै हुन्छ ४ करोडको चाकु बिक्री

माघे संक्रान्तिमा चाकुको खपत:  टोखामै हुन्छ ४ करोडको चाकु बिक्री

काठमाडौं,२९ पौष । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुनेगर्छ । माघेसक्रान्ति  नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको हो ।

विशेषगरि काठमाडौंको टोखा, ललितपुरको पाटन लगायतका क्षेत्रमा चाकुको उत्पादन र व्यापार बढेको हो ।

चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो टोखा । माघे संक्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीहरुलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ । मकर संक्रान्तिमा घिउ, चाकु खाने प्रचलनका साथै जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकोले यहाँका व्यवसायी मसिंरदेखि माघ महिनासम्म चाकु बनाउन व्यस्त हुने गरेको ब्यापारी रामबहादुर महर्जन बताउँछन् ।

चाकु व्यवसायीका अनुसार उद्योगमा अहिले दैनिक एक हजार किलो भन्दा बढी चाकु उत्पादन भइरहेको छ । अन्य समयमा परिवारकै सदस्यले चाकु बनाउने गरेपनि पुसदेखि माघसम्म भने व्यवसायीले कामदार नै राखेर चाकु उत्पादन गर्छन् ।

टोखामा हाल एक दर्जनभन्दा बढी चाकु बनाउने उद्योगहरु छन् । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ। र बर्षमा चार करोडभन्दा बढी रकम आम्दानी गर्दा टोखाको समग्र अर्थतन्त्रमा समेत योगदान पुगेको उनको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x