Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं, २९ पौष । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

आजसम्पन्न साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाबाट पारित बोनस सेयर वितरणपछि संस्थाको चुक्तापूँजी ३ अर्ब ८० करोड ६३ लाखभन्दा बढी पुग्नेछ । यस्तै सभाले अध्यक्षमा खेम बहादुर पाठकसहित नयाँ संचालकहरु चयन समेत गरेको छ । मुलुकको ७७ वटै जिल्लामा वित्तीय पहुँच पु¥याएको संस्थाका साझेदार सहकारी संस्था १६ सय ३६ वटा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x