Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंक बिच बैंकाएसुरेन्स सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंक बिच  बैंकाएसुरेन्स सम्झौता

काठमाण्डौँ,१२ असार । आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकका तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनाले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रमा आइएमएइ जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंक सँगको सम्झौताबाट सेवा सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउदै ग्राहकहरुले आफुले बैंकिङ सेवा लिइरहेको बैंकको शाखा मार्फत आपुलाई आवश्यक प्रर्ने सबै प्रकारका निर्जीवन विमा सेवा ढुक्क भएर लिन आह्वान गरे । साथै बैंक सँग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न समेत प्रतिवद्ध रहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x