Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध, व्यापारी सटर बन्द गरेर आन्दोलनमा

न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध, व्यापारी सटर बन्द गरेर आन्दोलनमा

काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएकाे छ ।

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् भने  पार्किङ्ग गर्न आउनेलाई कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी नगर प्रहरीले दिँदैछन्।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको छ ।

यसैबीच न्युरोड क्षेत्रका व्यवसायीहरू सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध आन्दोलित बनेका छन् । सटर बन्द गरेर  आन्दोलनमा उत्रिएका उनीहरूले वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x