Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उत्पादनमूलक क्षेत्रमा लगानी गराैं : अर्थमन्त्री महत

उत्पादनमूलक क्षेत्रमा लगानी गराैं : अर्थमन्त्री महत

काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंक आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । यसअवसरमा बुधबार बैंकले ५९ औं वार्षिकोत्सव मनाएको हाे ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो अवस्थामा रहेकाे भन्दै बैंक सिमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताए । अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको उनकाे भनाइ छ ।

यस्तै कार्यक्रममा कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताए । नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको उनले बताए ।

यस्तै बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठुला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

प्रमुख अतिथि एवं माननीय डा. प्रकाशशरण महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । यस्तै उनले कार्यक्रममा बैंकको ५९ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गरे। कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x