१ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दै सिंगटी हाइड्रो इनर्जी
काठमाडौं, ११ माघ । सिंगटी हाइड्रो इनर्जी कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले फागुन २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गरेको छ । पुस २१ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
आवेदनकर्ताले फागुन २२ गतेसम्म कुमारी क्यापिटल र कुमारी बैंकको तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ ।