प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
काठमाडौं, ११ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । लगातार ४ दिन सम्म पनि स्थिर रही प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको सूनको मूल्य बिहीबार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ४०० कायम भएको महासंघले जनाएको छ ।